बाबुराम र प्रचण्डविरुद्ध रिटको सुनवाइ आज हुँदै

जेठ,३० काठमाडौंं । जनयुद्धमा बाल सेना प्रयोग गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईविरूद्ध दायर रिटमा आज सुनुवाइ हुँदैछ।

पूर्वअयोग्य लडाकु लेनिन विष्टसहितले प्रधानमन्त्री प्रचण्ड, डा. भट्टराई लगायत विरूद्ध आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। पूर्व बाल सेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष विष्ट, बहिर्गमित जनमुक्ति सेनाकै संस्थापक कृष्णप्रसाद दंगाललगायतले तत्कालीन जनयुद्धका सुप्रिमो प्रचण्ड, डा. भट्टराई र त्यसका अतिरिक्त गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगलगायतलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका छन्।