मुख्यमन्त्री सरोजकुमार यादवले पाए सिङ्गो सदनको विश्वासको मत
जेठ, ३० काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पुनः प्रदेश सभामा सबै दलबाट विश्वासको मत पाएका छन्। आज प्रदेश सभामा उपस्थित १०३ जना सांसद मध्ये विश्वासको मतको पक्षमा १०३ सांसदले नै मतदान गरेका हुन्।
नेकपा एमालेले गठबन्धन भत्किएसँगै जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको एमालेले आज ३० औँ दिनमा प्रतिपक्षमा बस्ने गरी मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको छ । मुख्यमन्त्रीले आज आकस्मिक रूपमा प्रदेश सभाको बैठक बोलाएर विश्वासको मत लिँदा सिङ्गो सदनकै मत पाए ।