उपसभापति पूर्णबहादुर खड्कालाइ कांग्रेस कार्यवाहक सभापतिको जिम्मा
३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । पार्टी सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएकाले उनको अनुपस्थितिमा खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।
देउवाले आफू स्वदेश नफर्कुन्जेलसम्म पार्टी विधानको व्यवस्था बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । उनी एकसातापछि स्वदेश फर्किने उनको सचिवालयले बताएको छ ।