काठमाडौंका हलहरूमा भारतीय फिल्म आदिपुरुषको बिहानी शो रोकियो
असार,१ काठमाडौं । असुरक्षाको कारण देखाउँदै काठमाडौंका हलहरूले भारतीय फिल्म आदिपुरुषको बिहानी शो रोकेका छन्।
बिहीबार ‘जानकी भारतीय छोरी’ हुन् भन्ने संवादलाई लिएर विवाद उत्पन्न भएको थियो। सेन्सर बोर्डले उक्त संवाद हटाएर फिल्म चलाउन अनुमति दिएको थियो।
तर, दर्शकहरूमा आक्रोश देखिएको भन्दै बिहानी शो रद्द गरिएको क्युएफएक्सकी बजार प्रबन्धक तृष्ती गिरीले बताइन । ‘हामीले असुरक्षाका कारण बिहानी शो रद्द गरेका हौं। सेन्सर बोर्डले विवादित संवाद म्युट गरेर फिल्म चलाउन अनुमति दिएको थियो तर हिजो रातिबाट राष्ट्रघातीतर्फ कुरा मोडियो। मान्छेहरू निकै आक्रोशित देखिनु भएको छ। त्यसैले सुरक्षा नपुग्ला भने बिहानी शो रद्द गरिएको हो,’ उनले भनिन्।