खस्यो कर्णाली नदीमा जिप
असार,४ काठमाडौं । कर्णाली नदीमा जिप खसेको छ। आज बिहान हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्र ०३-०१०२२ च ५१२६ नम्बरको जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रमुख डिएसपी भीमलाल भट्टराईले बताए । नाम्खा गाउँपालिका-२ स्थित उकालोमा उक्लिन नसकेपछि जीपमा सवार सबै यात्रु ओर्लेका थिए।
जीपका चालक जनकपुर वतन भएका राजेश लामा गम्भीर घाइते भएका छन्। जीप खसेपछि उनी हामफालेर बाँच्न सफल भएको डिएसपी भट्टराईले बताए ।