तुलसीपुरमा सर्पले डस्दा एक किशोरीको मृत्यु

असार,१० काठमाडौं । दाङको तुलसीपुरमा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका(१२ हरिपौरीकी १३ वर्षीया दक्षिणा वलीको सर्पले डस्दा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

दक्षिणा वलीलाई घरमा सुतिरहेको समयमा शनीबार दिउँसो नै सर्पले डसेको भए पनि राति ९ बजे मात्रै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो । उनलाई थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल पठाइए पनि आज बिहान ज्यान गएको प्रहरीले बताएको छ ।