एकीकृत समाजवादीले बजेट पारितमा सहयोग गर्ने
असार, १३ काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेट पारितमा सहयोग गर्ने भएको छ। आज बसेको संसदीय दलको बैठकले बजेट पारितको समर्थन गर्ने निर्णय गरेको पार्टीका उपनेता एवं उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले जनाए ।
बजेटको बारेमा नेकपा एसका नेताहरुले विरोध जनाउँदै आएका छन्। आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री, अर्थमन्त्री र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित केही सांसदबीच आज भएको वार्तापछि बजेट पारितमा सहयोग गर्ने निष्कर्षमा पुगेको हो।