बालिकालाई बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध प्रकाउ
असार,१७ काठमाडौं । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ६५ वर्षीय वृद्धलाई पक्राउ गरेको छ । प्रहरीले हिजो बेलुका १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वडा नम्बर ५ मानपकडीका ६५ वर्षीय शिव भारतीलाई पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रमुख भरत बिकले बताउनुभयो ।
घर वरिपरि खेलिरहेकी बालिकालाई भारतीले प्रलोभनमा पारेर बलात्कार गरेको प्रहरीले अनुमान गरेको छ ।