सत्ता गठबन्धनको बैठक बस्दै
असार,१८ काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ। अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोशी प्रदेश सरकार गठनको विषयमा छलफल हुँदैछ।
नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेका अनुसार कोशी प्रदेश सरकार गठन मुख्य एजेण्डा हो।उनले कोशी सरकार गठनसँगै, संघीय सरकारको कामकारवाही, जनमत पार्टीलाई सरकारमा सामेल गराउनेलगायत विषय पनि छलफलको एजेण्डा हुने बताए । गत असार १४ गते कोशी सरकार ढलेसँगै प्रदेश प्रमुख परशुराम खापुङ्गले असार २१ गतेसम्म सरकार गठनको म्याद दिएका छन्।