करेन्ट लागेर दाङमा एक जनाको मृत्यु
साउन,५ काठमाडौं । दाङमा करेन्ट लागेर एक जनाको मृत्युभएको छ । लमही नगरपालिका–३ मिलनचोककी रुपनी चौधरीको करेन्ट लागेर ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले बताएको छ ।
करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट लाग्दा उहाँको ज्यान गएको प्रहरीले बताएको छ । शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।