ललिता निवास प्रकरणमा थप एक जना पक्राउ
साउन,७ काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले बताएको छ ।
उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जोरपाटीस्थित निवासबाट पक्राउ गरेको ब्यूरोका एक अधिकृतले बताउनुभयो ।