नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने
साउन,१५ काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि पार्टीको केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भएको छ। आज बिहान बसेको पदाधिकारी बैठकले बुधबारदेखि सुरू हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको पार्टीका महासचिव देव गुरूङले बताए ।
बैठक पार्टीको आधिकारिक पेजबाट लाइभ हुनेछ। बैठकमा एउटा र बाहिर अर्कै प्रचार हुने भएकाले यसलाई रोक्न केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरिएको महासचिव गुरूङले बताए। बैठक १७ देखि २१ गतेसम्म चल्नेछ। बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदन तयार पार्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा दिइएको महासचिव गुरूङले बताए।