मकवानपुर गढी र हेटौँडामा ठूलो वर्षा
साउन,२८ काठमाण्डौ । पछिल्लो ३ घण्टामा मकवानपुरको मकवानपुर गढी र हेटौँडामा ठूलो पानी परेको छ । यी क्षेत्र भइ बहने कर्रा, सम्री खोला र अन्य स–साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेले दिउँसोसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
मनसुन सक्रिय भएसँगै देशभर झरी परेको छ ।