एमाले अध्यक्ष ओली र राष्ट्रपति रामचन्द्र बिच भेतवार्ता
साउन,३१ काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग एमाले अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।
उनका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराए ।