प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत
भदौ,६ काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण स्वीकृत गरेको छ। संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका भ्रमणमा जान लागेका हुन्।
राष्ट्रसंघको ७८औं महासभा आगामी सेप्टेम्बर ५ तारिखदेखि अमेरिकाको न्यूयोर्कमा सुरु हुँदैछ। प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिनेछन्।