त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु, ४ को अवस्था गम्भीर
भदौ,६काठमाडौ । धादिङको गजुरीमा काठमाडौंबाट म्याग्दीतर्फ गइरहेको बस त्रिशूली खस्दा भएको दुर्घटनाका घाइतेहरूलाई काठमाडौं ल्याइएको छ । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । सो बसमा चालक र सहचालकसहित २५ जना रहेको बताएको छ ।
सशस्त्र प्रहरीका अनुसार १७ जनाको जीवितै उद्धार गरिएको छ । तीमध्ये १३ जनलाई काठमाडौं ल्याइएको छ । काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा घाइतेको उपचार भइरहेको छ । तीमध्ये ४ जनाको अवस्था गम्भीर छ ।