कङ्गोमा संयुक्त राष्ट्रसङ्घ विरोधी प्रदर्शन : ४८ जनाको ज्यान गयो, ७५ जना घाइते
कङ्गोमा संयुक्त राष्ट्रसङ्घ विरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको ज्यान गएको छ । बुधवार कङ्गोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए । शुरुमा १० जनाको ज्यान गएको बताइएको थियो । तर यो घटनामा कम्तीमा ४८ जनाले ज्यान गुमाएका अधिकारीहरुलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । ७५ जना घाइते भएका छन् ।
प्रदर्शनमा संलग्न रहेको आरोपमा एक सय ६८ जना पक्राउ परेका छन् । कङ्गोको मानव अधिकार अधिकार समूह लुचाले पनि मारिएका प्रदर्शनकारीको सङ्ख्या ५० को हाराहारीमा रहेको जनाएको छ। एजेन्सी