जंगली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर एक जनाको मृत्यु
भदौ,१९ काठमाडौं । धनगढीमा जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी–३ बस्ने अन्दाजी ३२ वर्षीया मञ्जु कुँवर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए ।
धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै हिजो राति करबि ११ बजेतिर उनी विद्युतीय धरापमा परेकी थिइन् । विद्युतीय धरापमा परी गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।