Yeti Khabar

२०८१ मंसिर ६, बिहीबार - Thu Nov, 2024 -

बाढीका कारण दक्षिण चीनको ग्वाङडोङका ८० हजार मानिस विस्थापित

शुक्रवार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिसहरू विस्थापित भएका छन्।

उनीहरूलाई सुरक्षित स्थानमा सारिसकिएको बताइएको छ।टाइफुन हाइकुई र मनसुनले बिहीबार देखी पर्ल नदी डेल्टा क्षेत्रका धेरै शहर र काउन्टीहरुमा मुसलधारे वर्षा भइरहेको छ। 

जसका कारण बाढी पहिरो र सडक अवरुद्ध भएको छ। प्रान्तीय विपद् न्यूनीकरण आयोगले १५ शहरमा बढी जोखिम रहेको बताएको छ । सेन्जेन, झुहाइ र जियाङ्मेन शहरहरु र फोशान, डोङ्गुआन र ग्वाङ्झाउका केही भागहरूमा विद्यालयसमेत बन्द गरिएको छ । त्यस्तै ४७ रेल सेवाहरू अवरुद्ध भएका छन् भने ७९ सडक खण्डहरू, ६ वटा टोल बुथ र एउटा पुल पुल अवरुद्ध भएको छ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com