सुवास नेम्वाङको अन्त्येष्टि भोली गरिने

भदौ,२७ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि भोली गरिने भएको छ । हिजो एमालेले विज्ञप्ति जारी गरी संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख नेम्वाङको अन्त्येष्टि भोली बिहान ११ बजे गरिने बताएको छ । नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । नेम्वाङको गएराति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो ।
नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका च्यासलस्थित पार्टी कार्यालयमा राखिएको छ । आज दिउँसो १ बजेसम्म नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालय च्यासलमा राखिनेछ । त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले बताए ।