हाललाई विभूषण वितरण कार्य स्थगन
सरकारले यसपटक संविधान दिवसको अवसरमा विभूषण वितरण नगर्ने भएको छ ।
राष्ट्रपतिबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्दै आज शुक्रबारको मन्त्री परिषदको बैठकले हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।