नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु
असोज,१६काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ। प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले आज दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको बताए ।
केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो। हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो। आज बिहान नेपालगञ्जमा सद्भाव र्याली पनि निकालिएको थियो।