दशैँ केन्द्रित बजार अनुगमन तीव्र
असोज,२५ काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हिजो ४ वटा कम्पनीलाई कारबाही गरेको छ । दशैँ केन्द्रीय बजारमा उपभोक्तालाई विभिन्न बाहानमा ठगेको र खरिद बिल नराखेको, मूल्य सूची नराखेका कम्पनीलाई विभागले कारबाही गरेको छ ।
तथ्यांकअनुसार भक्तपुरको खाद्य वस्तु पसललाई १० हजार जरिवाना गरिएको विभागले बताएको छ । यस्तै, सुन्दर बस्तीको किराना पसललाई १० हजार रुपैयाँ जरिवाना गराएको छ । यसबाहेक, व्यासीको किराना पसललाई २० हजार रुपैयाँ तिराएको विभागले बताएको छ ।
यस्तै, विभागले काठमाडौँको किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए ।