दार्चुलामा डेढ किलो चरेससहित दुई जना पक्राउ
कार्तिक,१ काठमाडौं । दार्चुलामा प्रहरीले एक किलो छ सय ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–७ का ३६ वर्षीय उज्ज्वल बोहरा र २८ वर्षीय रामबहादुर बोहरा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले बताउनुभयो।
आज बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्तीबाट उनीहरूलाई पक्राउ गरिएको डीएसपी सिंहले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई प्रहरी कार्यालय दार्चुलामा ल्याएर अनुसन्धान भइरहेको बताइएको छ ।