राष्ट्रसंघका महासचिव गुटेरस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता
कार्तिक,१२ काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरसले उच्चस्तरीय राजनतीक भेटघाट सुरु गरेका छन्। आज बिहान १ बजे नेपाल आइपुगेका महासचिव गुटेरसले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटेर राजनीतिक भेटघाटको सुरुवात गरेका छन्।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज दिउँसो उनीहरूबीच १५ मिनेट कुराकानी भएको हो।