६ महिनामा ६ करोड खर्चेर संसदले एउटा मात्रै कानुन बनायो: लामिछाने
कार्तिक,१६ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ६ महिनाको अवधिमा संघीय संसदले करिब ६ करोड रुपैयाँ खर्च गरेर एउटा मात्रै कानुन बनाएको बताएका छन्।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले प्रभावकारी काम गर्न नसकिएको बताए। ‘दोस्रो अधिवेशन प्रारम्भ भए यताको ६ महिनामा संघीय संसदले बजेटसँग सम्बन्धितबाहेक मात्र एउटा कानुन बनायो,’ उनले भने, ‘६ महिना समय र करिब ६ करोड खर्चेर यो सदनले एउटा कानुन पास गर्यो सभामुख महोदय। योभन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दथें।