गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरे चिनियाँ जहाजमा आएको राहत सामग्री
२२ कात्तिक, काठमाडौं । जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज पोखरा आइपुगेका छन् । जहाजमार्फत आएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे ।
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनको सम्बन्ध सार्वभौमसत्ताको सम्मान र आपसी हितमा आधारित रहेको र संकटको बेलामा सधैं साथ दिएको भन्दै चिनियाँ सरकारलाई दिए । चिनियाँ जनमुक्ति सेनाका २ वटा जहाज १ लाख ७९ हजार किलो राहत सामग्री लिएर पोखरा विमानस्थल अवतरण गरेका छन्।