मन्त्रिपरिषद्को बैठक बस्दै
मंसिर,१३ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ औं सम्मेलनमा भाग लिन युएई जानुअघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
मन्त्रिपरिषद्को बैठक आज बिहान ९ बजे सिंहदरबारमा बोलाइएको र नियमित कार्यसूची रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।
प्रधानमन्त्री आजै राति युएई जाँदै छन्। प्रधानमन्त्रीका सञ्चारविज्ञ मनहरी तिमिल्सिनाका अनुसार प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बेलुका साढे ९ बजेको नेपाल एयरलाइन्सको जहाजबाट युएई प्रस्थान गर्नेछन्।