रास्वपाको संयुक्त बैठक आज पनि बस्दै
मंसिर,१३ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आज पनि बस्दै छ। आज बिहान १० बजे जलेश्वरको अग्रवाल पार्टी प्यालेसमा सुरू हुने बैठकमा महाधिवेशनको कार्यविधि र प्रक्रियाबारे छलफल हुने कार्यसूची तय गरिएको छ।
त्यसमा पार्टीका केन्द्रीय सदस्य र सांसदहरूले आफ्नो राय राख्नेछन्। त्यसपछि नीति, विचारबारे विमर्श हुने बताएको छ।
सोमबारबाट सुरू भएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टीको दीर्घकालीन नीति तय गर्ने उपसभापति डोलप्रसाद अर्यालले बताए । प्रदेश सभापतिहरूलाई पनि सहभागी बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगले प्रतिवेदन प्रस्तुत गरिसकेका छन्। त्यस्तै प्रमुख सचेतक सन्तोष परियारले दलका तर्फबाट प्रतिवेदन पेश गरेका छन्।