बगमती प्रदेशको सर्वदलीय बैठक सुरु
मंसिर,१७ काठमाडौँ । बागमती प्रदेशसभामा सर्वदलीय बैठक सुरु भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको उपस्थितिमा सर्वदलीय बैठक सुरु भएको हो ।
बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने बताइएको छ । गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन्।
प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको हो । बैठकले बजेट पारित गर्दाको बखतमा प्रतिपक्ष दलहरूसँग भएको सम्झौताका विषयमा समेत छलफल हुने बताइएको छ ।