पश्चिमका केही ठाउँमा वर्षा र हिमपात

मंसिर,१८ काठमाण्डौ । पश्चिमका केही ठाउँमा वर्षा र हिमपात भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भेगमा हल्का वर्षासहित हिमपात भएको छ। मौसम बदली भएसँगै चिसो बढेको छ । आज कोशी र मधेश प्रदेशबाहेक देशका अरु ठाउँमा बदली भएको छ ।
पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार पश्चिमबाट शुरु भएको बदली पूर्वतिर सरिरहेको छ । बेलुकीदेखि मधेश र कोशी प्रदेशबाहेक अरु ठाउँको मौसम खुल्दै जाने महाशाखाले बताएको छ ।