एकीकृत समाजवादीको सचिवालय बैठक जारी
मंसिर,१८ काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय आलोकनगरमा बैठक सुरु भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन, अरुपनि लगायतका विषयमा छलफल हुने बताएका छन् । पार्टीले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाअधिवेशन गर्ने मिति घोषणा गरेपनि तयारी अभावका कारण सर्ने र अर्को मिति तोक्ने नेताहरूले बताएका छन् ।