हिमाली जिल्ला हुम्लामा पनि हिमपात

मंसिर,१८ कठमाडौं । हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । हिजो रातिसम्म सफा रहेको मौसममा हावाहुरी शुरु भएसँगै आज बिहानैदेखि हिमापात शुरु भएको छ।
हुम्लामा यो वर्षको पहिलो हिमपात हो । हिमपात शुरु भएसँगै किसान खुशी भएका छन् । हिमपातपछि खेती सप्रिने उनीहरूले बताएका छन् । हिमपातले किसान खुशी भए पनि चिसो बढेसँगै जनजीवन प्रभावति भएको छ ।
सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको र उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका–६ को हल्जी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले बताउनुभयो । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाइ भएको उहाँले बताउनुभयो ।