उपत्यकामा ह्वात्तै बढ्यो चिसो
मंसिर,२१ काठमाडौं । काठमाडौंको आकास बिहानैदेखि बादलले ढाकेको छ। मौसमविद् गंगा नगरकोटीले पश्चिमी वायु र भारतको छत्तिसगढमा अवस्थित न्यूनचापीय क्षेत्रको आंशिक प्रभावका कारण काठमाडौंको मौसम बदली भएको बताइन्।
घाम नलागेपछि काठमाडौं उपत्यकामा आज चिसो बढेको छ। आजको न्यूनतम तापक्रम ९.७ डिग्री मापन भएको छ। आज दिनभरजसो मौसम यस्तै धुमिल हुने मौसमविद् को भनाइ छ।