पोखरा पुग्यो एमालेको सङ्कल्प यात्रा
मंसिर,२२ काठमाण्डौ । बैतडीको झुलाघाटबाट शुरु भएको एमालेको सङ्कल्प यात्रा पोखरा पुगेको छ । बैतडीबाट डडेलधुरा, डोटी, अछाम, दैलेख, सुर्खेत, सल्यान, रुकुम, गुल्मी, बाग्लुङ हुँदै एमालेको यात्रा हिजो कास्की पगेको छ ।
‘समृद्धिका लागि सङ्कल्प यात्रा’ भन्ने नारासहित ९ दिनअघि शुरु भएको यात्रा मध्यपहाडी लोकमार्ग पार गर्दै पुस १ गते पाँचथरको चिवा भञ्ज्याङमा पुगेर टुङ्गिने छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा १९ दिनसम्म चल्ने अभियानमा झन्डै २ हजार किलोमिटरको यात्रा र लाखौँ स्थानीयवासीसँग छलफल गर्ने एमालेले बताएको छ ।