नागढुंगाबाट अवैध सुनसहित ३ जना पक्राउ

मंसिर,२२ काठमाडौं । नागढुंगाबाट अवैध सुनसहित ३ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार २ किलो जति सुनसहित उनीहरूलाई पक्राउ गरिएको छ।

रसुवाबाट काठमाडौं आइरहेको स्कार्पियो नागढुंगामा चेक गर्दा समातिएको उनले बताए। उक्त सुन चिनियाँ नागरिकको हो भन्ने बुझिएको छ। अहिले पक्राउ पर्ने तीनै जना नेपालीहरू छन्। रसुवाका २८ वर्षीय ग्याल छिरिङ तामाङ, ३६ वर्षीय बिरू तामाङ र २१ वर्षीय सुनिल भुजेल छन्।