संघीय संसदका भरतराज गौतमले दिए राजीनामा
मंसिर,२५ काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । महासचिव गौतमले हिजो नै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर राजीनामा बुझाएका छन् । राजीनामा स्वीकृत भने भइनसकेको राष्ट्रपति कार्यालयले बताएको छ ।
गौतम २२ वैशाख २०७७ मा संघीय संसदको महासचिवमा नियुक्त भएका थिए । तत्कालीन महासचिव मनोहरप्रसाद भट्टराईको दुई कार्यकाल पूरा भएपछि गौतम महासचिवमा नियुक्त भएका थिए ।