जनकपुरबाट १८ जना पाकेटमार पक्राउ
पुष,१ काठमाडौं । राम जानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अवाञ्छित गतिविधि गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। भीडभाडको मौकाछोपी श्रद्धालु भक्तजनको पाकेट मार्ने १८ जनालाई जनकपुरबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन बताउनुभयो ।
उनका अनुसार पक्राउ परेका पाकेटमारलाई जनकपुरधामस्थित गोपाल धर्मशालामा प्रहरीको अस्थायी अनुसन्धान केन्द्रमा राखिएको छ। उनीहरुमाथि अहिले आवश्यक अनुसन्धान भइरहेको उनले बताए।