सुनको भाउमा नयाँ रेकर्ड
पुष,१२ काठमाण्डौ । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।
बुधबार सुन तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज तोलामै १ हजार ३ सय रुपैयाँ बढेको हो । यस्तै, चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढेको छ ।