छोरीलाई यातना दिएको आरोपमा बुबा
पुष,२३ काठमाडौं । छोरीलाई यातना दिएको आरोपमा एक जना पुरूषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नपढेको भन्दै ४ वर्षीय छोरीलाई कुटपिट गरी यातना दिएको आरोपमा प्रहरीले २७ वर्षीय पुरूषलाई नियन्त्रणमा लिएको छ।
मकवानपुरका एसपी सीतारामका अनुसार महोत्तरी एकडारा गाउँपालिका-३ घर भई हेटौंडा उपमहानगरपालिका-५ बस्ने रामजी मण्डललाई शनिबार साँझ नियन्त्रणमा लिइएको छ। उनले ४ वर्षीया छोरीलाई नपढेको भन्दै पेन्सिलले कानमा घोचिदिने, हात र कानमा टोकिदिएर घाउ बनाएको आरोप छ।