टुँडिखेलमा माघी महोत्सव लाग्ने
पुष,२४ काठमाडौँ । थारु समुदायको नयाँ वर्षका रूपमा मनाउने माघीको अवसरमा काठमाडौँको टुँडिखेल मैदानमा माघी महोत्सव लाग्ने भएको छ । पुस २९ र माघ १ गते मेला लाग्ने भएको हो । महोत्सवमा स्टल राख्नका लागि बुकिङ पनि खुल्ला गरेको छ ।
पुस २९ गते जितामर्ना, रक्तदान कार्यक्रम हुने स्टल संयोजक चन्द्र प्रकाश चौधरीले बताए । स्टल बुकिङ यही पुस २७ गतेसम्म गरिने छ । हालसम्म ४० वटा बुक भइसकेको उनले बताए । मेलमा ६० वटा थारु खानाका परिकारका स्टल ६० वटा रहने छ भने, अन्य स्टल गरी ८० वटा स्टल सो मेलामा राखिने उनले बताए ।