गायक तथा संगीतकार योगेश वैद्यको निधन

माघ, ५ काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको हिजो राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो ।
वैद्यको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ः३० बजे संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । उनको निधनमा संगीतकर्मीले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू लोकप्रिय छन् । उनका नेपाल भाषाका गीत पनि लोकप्रिय छन् ।उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने पारिवारिले बताएको छ ।
वनस्पतीशास्त्रमा एमएससी गरेका वैद्यले ३३ वर्षसम्म सरकारी सेवामा बिताएका थिए । उनी २०६१ सालमा सहसचिव पदबाट सेवा निवृत्त भएका थिए ।