न्यायाधीश मातृकप्रसाद मरासेनीको निधनमा शोक बिदा
माघ, १७ काठमाडौँ । उच्च अदालत पाटनले न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा आज शोक बिदा दिने निर्णय गरेको छ । आज उच्च अदालत पाटन,
हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतमा शोक बिदा दिने निर्णय गरेको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले बताए ।
उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको हिजो हृदयघातका कारण ५६ वर्षको उमेरमा उहाँको निधन भएको छ । हृदयघात भएपछि उनलाई उपचारका लागि कलङकीको नेपाल नेशनल अस्पताल पुर्याइएको थियो । जहाँ उपचारका क्रममा उनको निधन भएको थियो ।