गठबन्धनले सरकार चलाउन नसके एमाले तयार छःकेपी शर्मा ओली

माघ,१८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनले सरकार चलाउन नसके एमाले तयार रहेको बताएका छन् । सिन्धुपाल्चोकमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले सरकार चलाउन नसके एमाले जुरमुराउनुपर्ने बताएका हुन् । उनले गठबन्धनकै कारण देश गम्भीर अवस्थामा पुगेको आरोप लगाए ।
एमालेलाई सरकारमा जान हतार छैन । तर, गठबन्धनले काम गर्न नसके हामी जुरमुराउनुपर्ने हुन्छ, उनले भने, गठबन्धनकै कारण देश गभ्मीर अवस्थामा पुगेको छ ।
अध्यक्ष ओलीले २०८४ मा हुने निर्वाचनमा एमालेले सबै ठाउँमा जित्नुपर्ने बताए । एमालेलाई रोक्न गठबन्धन भए पनि त्यसलाई तोडिने उनले बताए ।