सुनचाँदी व्यवसायी गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार
माघ,२१ काठमाडौं । नवलपरासीको बर्दघाट नगरपालिका-४ का सुनचाँदी व्यवसायी गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ । सुस्ता गाउँपालिका-१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका-१६ स्थित कुकुरमारा नजिकै ६२ वर्षीय विश्वकर्मामाथि अज्ञात समूहले गोली प्रहार गरेको हो ।
हिजो साँझ गोली प्रहारबाट घाइते भएका विश्वकर्माको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । विश्वकर्माको पाखुरामा गोली लागेको र गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले बताएको छ ।