साढे चार किलो चरेससहित एक जना पक्राउ

माघ,२१ काठमाडौं । कपिलवस्तुको कृष्णनगरबाट चार किलो ६ सय ४६ ग्राम लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छिन्। प्युठान जिल्ला गौमुखी गाउँपालिका– ३ बस्ने ३८ वर्षीया वासु घर्तीमगर पक्राउ परेको कपिलवस्तु प्रहरीले बताएको छ ।
उनलाई हिजो पक्राउ गरिएको छ। चरेस रुकुम पूर्वबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी निरीक्षक लक्ष्मण ओली नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो।