एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु
माघ,२३ काठमाडौं । काठमाडौंको सिनामंगलमा एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। हिजो राति साढे ७ बजेतिर काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित सडकमा एम्बुलेन्सले सडकमा सुतिरहेका एक पुरूषलाई ठक्कर दिएको हो।
सडकमा मागेर त्यहीँ बस्ने उदयपुरका ३५ वर्षीय दीपक राईको मृत्यु भएको प्रहरले बताएको छ। सुतिरहेका उनलाई मधेस प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सले ठक्कर दिएपछि मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनापछि दीपकलाई केएमसी अस्पताल पुर्याइएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।