जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा

माघ,२९ काठमााडौं । गोरखाका तीन गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् जनयुद्ध दिवसका अवसरमा तीन पालिकाले बिदा दिने निर्णय गरेका छन्।

अजिरकोट र गण्डकी गाउँपालिकाले बिदाको सूचना जारी गरिसकेका छन् भने भीमसेनथापा गाउँपालिकाले वार्षिक कार्यपात्रोमै फागुन १ मा बिदा दिने निर्णयलाई समावेश गरेको थियो। २०७९ मा भएको स्थानीय तह चुनावमा यी तीनै पालिका प्रमुख नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले जितेका थिए।