भोलि सार्वजनिक बिदा दिइएको छैन : गृह मन्त्रालय
माघ,२९ काठमाडौं । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले १ फागुनमा सार्वजनिक बिदा कायम नरहेको बताए । १ फागुनमा सार्वजनिक बिदा दिने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि गृह मन्त्रालयले अदालतको फैसला अनुसार बिदा कायम नरहेको बताएको छ ।
यसअघि अघिल्लो वर्ष जनयुद्ध दिवसु का अवसरमा १ फागुनमा सार्वजनिक बिदा दिएको थियो ।