जापान पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
फागुन,१ काठामाडौं । वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भनी ठगी गर्ने मकवानपुर निबुवाटार–४ घर भई ललितपुर महानगरपालिका–२, सानेपा बस्ने ३७ वर्षीया पुरुषोत्तम अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले रीता मल्लसहित ६ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै प्रतिव्यक्ति आठ लाख लाग्ने र जापानमा मासिक दुई लाख ५० हजार तलब हुने आश्वासन दिँदै ठगी गरेका थिए ।
पीडितहरूबाट पटक–पटक गरी ३५ लाख ५० हजार रुपैयाँ लिई उनी सम्पर्कविहीन भएका थिए । सोही आधारमा पीडितहरूले उनलाई खोजी गर्न वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।